अपांग मैत्री मञ्च नभएकाे कारण शारिरिक अपांगता भएकालाई पदक दिँदा मञ्चबाट तल झरे राष्ट्रपति पौडेल

अपांग मैत्री मञ्च नभएकाे कारण शारिरिक अपांगता भएकालाई पदक दिँदा मञ्चबाट तल झरे राष्ट्रपति पौडेल

राष्टपति भवन शितलनिवासमा शुक्रवार उपाधि, सम्मान र विभूषण दिन कार्यक्रम चलिरहेको थियो ।

उक्त कार्यक्रममा सहभागि हुन राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार शारीरिक रूपले अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ बढ्न खोज्दै थिइन्।

त्यहाँ अपांग मैत्री मञ्च नभएको कारण जान सक्ने कुरा नै थिएन त्यसैले यो देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट तल झर्न खोज्नु भयो ।

त्यही बेला सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी मञ्चबाट झर्न नमिल्ने संकेत गर्दै थिए। तर पौडेलले मानेन् तल झरे रै ती वृद्धालाई पदक दिनु भयो।

उनीबाहेक शारीरिक रूपले अपांगता भएका अन्य व्यक्तिलाई पनि राष्ट्रपति पौडेलले मञ्चबाट झरेर पदक दिनु भएको थियो ।

समारोहमा एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री दिइएको थियो।

उक्त अवसरमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ जना व्यक्तित्वलाई मानपदवी दिइएको थियो। पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालालाई दिइएको नेपाल रत्न उनका परिवारिक सदस्य किरण कोइरालाले ग्रहण गरेका थिए।

संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट उपाधि, सम्मान र विभूषण दिने उल्लेख छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

 

प्रतिक्रिया