राष्ट्रपति पौडेलको आफ्नो उपचार खर्च आफैँ बेहोर्ने चाहना

राष्ट्रपति पौडेलको आफ्नो उपचार खर्च आफैँ बेहोर्ने चाहना

काठमाण्डौ –   राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफैँ बेहोर्ने चाहना व्यक्त गर्नु भएको छ।

राष्ट्रपति पौडेलले दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भएको उपचार खर्च आफैँ बेहोर्न चाहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको वैशाख ६ गते स्वास्थ्यमा समस्या आएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो । उहाँ अस्ति आइतवार राति स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्कनु भएको हो ।

राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।

प्रतिक्रिया