लम्पी स्किनबाट रुकुम पश्चिममा ८ हजार ५६ पशु संक्रमित

लम्पी स्किनबाट रुकुम पश्चिममा  ८ हजार ५६ पशु संक्रमित

रुकुम पश्चि-  रुकुम पश्चिमा झण्डै ४ महिनाको अवधिमा ८ हजार ५६ पशुचौपाया लम्की स्किन रोगबाट संक्रमित भएका छन । भने २ सय ४७ पशुचौपाया मरेका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा फैलिएको लम्पी स्किनबाट उक्त संख्यामा पशु चौपाया संक्रमित तथा मरेका हुन् । पहिलो पटक फागुन १५ गते देखि फैलिएको लम्पी स्किन रोग अहिले जिल्लाका ६ वटै स्थानीय तहमा फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो ।

उहाँका अनुसार लम्पी स्किन रोगबाट सवै भन्दा बढि प्रभावित चौरजहारी नगरपालिका भएको छ । भने सबै भन्दा कम प्रभाव बाँफिकोट गाउँपालिकामा परेको छ । हालसम्म चौरजहारी नगरपालिकामा गाई, भैँसी र गोरु गरेर ३ हजार ९ सय ६२ पशुचौपाया संक्रमित भएका छन । त्यहाँ ८७ पशु चौपाया मरेका छन् ।

बाँफिकोट गाउँपालिकामा १ सय १३ पशुचौपाया संक्रमित हुँदा १४ वटा पशुचौपाया मरेका छन् । आठबीसकोट नगरपालिकामा १४ सय ३१ पशुचौपाया संक्रमित भएका छन् । हालसम्म ४४ वटा पशुचौपाया मरेका छन् । मुसिकोट नगरपालिकामा ४ सय ५ पशु संक्रमित हुँदा २३ वटा पशुचौपायाको मरेको कार्यालयले जनाएको छ ।

सानीभेरी गाउँपालिकामा १४ वटा पशु मरेका छन् । त्यहाँ १७ सय ७५ पशु संक्रमित भएको बताइएको छ । त्यस्तै त्रिवेणी गाउँपालिकामा ३ सय ६० पशुचौपाया सक्रमित भएकामा ३८ वटा मरेका छन् ।

जिल्लामा मृत्यु हुने र संक्रमित हुनेमा गोरुको संख्या धेरै रहेको छ । हालसम्म २ सय ३१ वटा गोरु मरेकामा ७ हजार ६ सय ६५ वटा संक्रमित भएका छन् । यो अवधिमा २३ वटा गाई र ३ वटा भैँसी मर्दा ३ सय ४६ गाई र ४५ वटा भैँसी लम्पी स्किन रोगबाट संक्रमित भएको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

रोग अझै फैलिने क्रम जारी रहेकाले पशु अस्पताल तथा पशु सेवा कार्यालयले स्थानीय तहका पशु शाखाहरुमा भ्याक्सिन लागायतका औषाधीहरु पठाइरहेको जनाएको छ । आवश्यकता परेको खण्डमा रोग न्युनिकरण गर्न उपचारका लागि जिल्लाबाट कर्मचारी पनि पठाइने कार्यालयको भनाई छ । कार्यालयले यो रोगबाट आफ्ना पशुलाई जोगाउनका लागि सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया