दाहाल वंशको सुरुआत गर्ने दाशुको सालिक अनावरण

दाहाल वंशको सुरुआत गर्ने दाशुको सालिक अनावरण

दैलेख –  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दाहाल वंशको सुरुआत गर्ने कुल शिरोमणि दाशुको सालिक अनावरण गर्नुभएको छ ।  दुल्लू नगरपालिका १२ दहगाउँमा पुगेर प्रधानमन्त्री दाहालले कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा बुधबार आयोजित कार्यक्रममा दाशुको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।

दाशुको जन्म भएको स्थान दह गाउँमा पुग्नुभएको अवसरमा प्रधानमन्त्री दाहाललाई प्रतिष्ठान र स्थानीयले अभिनन्दन गरिएको थियो ।

दाशुको सालिक अनावरणपछि प्रधानमन्त्री दाहालले देशमा आर्थिक संकट समाधान गर्न, राष्ट्रको एकतामा सुदृढ र छिमेकीसँगको सम्बन्धमार्फत देशको आर्थिक विकासलाई नयाँ गति दिनमा आफू केन्द्रित रहेको दाबी गर्नुभयो । त्यसबखत उहाँले देशभर छरिका सबै जातजाति, धर्म एकताका लागि समर्पित भएर लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरू दाशुका सन्तति मानिन्छ । दाशुको सालिक जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुंगेश्वर हुँदै दह गाउँमा पु¥याइएको थियो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठान गठन गरिएको छ । शालिक स्थापनाका लागि गौरी गाविसका पूर्व अध्यक्ष कविप्रसाद दाहालले जग्गा दान दिनुभएको छ ।

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाशुको शालिक निर्माण तथा संरक्षणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो । प्रतिष्ठानले दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरु एकै कुल बंशीय भएको बंशावली समेत तयार पारेको छ ।

दुई साता अघि भारत भ्रमणको बेला मध्य प्रदेशको उज्जैनस्थित एक धार्मिक अनुष्ठानमा गेरुशस्त्र पहिरिएर पूजाअर्चना गरेको, शनिबार पशुपतिनाथको मन्दिरमा पूजा गर्नुभएको लगतै दैलेखमा जातीय बंशावली खोज्दै दैलेख पुग्नु लाग्नुभएको सन्दर्भलाई प्रधानमन्त्री प्रचण्डमा धार्मिक आध्यमिकताको बिश्वास बढेको रुपमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया