लैंगिक हिंसा रोकथाम तथा मानव अधिकार प्रवद्र्धन तालिम

लैंगिक हिंसा रोकथाम तथा मानव अधिकार प्रवद्र्धन तालिम

दैलेख – एचआईभी/एड्स संक्रिमित र प्रभावितहरुको उपचार तथा जीवन मर्यादाको निम्ति काम गर्दै आएको दैलेख प्लस नामक गैरसरकारी संस्थाले आइतवार दैलेख सदरमुकाममा लैगिंक हिंसा रोकथाम तथा मानव अधिकार प्रवद्र्धन सवालमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको संविधान, देशको ऐन, कानून र मानव अधिकार सवालमा अन्तरराष्ट्रिय महासन्धी तथा अनुबन्धहरुले व्यवस्था गरेको मानव अधिकार सम्वद्र्धन सवाल विषयमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सहजीकरण गर्नुभएको बताइएको छ ।

मानव अधिकार विश्वव्यापी घोषणापछि, सबै प्रकार विभेद विरुद्धको महासन्धी, बालअधिकार महासन्धी लगायतका सवाल, मौलिक हक लगायतका देशमा भएको घरेलु हिंसा कसूर र सजाय ऐन २०६६, मुलुकी अपराध सहिंताले कानूनी रुपमा महिलालाई दिइएको हक, अधिकार लगायतका विषयमा छलफल भएको थियो ।

त्यसबखत दैलेख प्लसका अध्यक्ष खेमराज बिक, हेरचाह केन्द्रका संयोजक जनक शाही, स्वास्थ्य सेवा कार्यालय दैलेखका एआरटी परामर्शकर्ता दुर्गाराम सुनार, राष्ट्रिय एचआईभी/एड्स महासंघका प्रतिनिधि हंशकला कार्कीले पनि लैगिंक हिंसा रोकथाम तथा मानव अधिकार प्रवद्र्धन सवालमा बोल्नुभएको थियो ।

दैलेख प्लस स्थापनाको १२ वषदेखि एचआईभी/एड्स संक्रिमित र प्रभावितहरुको अधिकार तथा सचेतना निम्ति काम गर्दै आउने क्रममा पछिल्लो समय ग्लोबल फण्डको तथा सेभ द चिल्ड्रेनसंगको साझेदारी तथा राष्ट्रिय एचआईभी/एड्स महासंघको व्यवस्थापमा दैलेख सदरमुकाममा हेरचाह केन्द्र सञ्चालन गरिएको हो ।

हेरचाह केन्द्रले अहिले २० जना १८ वर्ष मुनिका बाललिका समेत दुई १२ जना एचआईभी/एड्स संक्रमितहरुलाई एआरटी औषधि चलाएको छ । ८१ जना निको भएका, ३० जनाको मृत्यू भएका र एक सय ९५ जना संक्रमितको परिवारको निशुल्क स्वास्थ्य वीमा गराइएको बताइएको छ ।

प्रतिक्रिया