किशोरी आत्मरक्षा जीवन उपयोगी सीप
दैलेख – जनता मावि कोटथाप्लाका प्रधानाध्यापक रोशन सापकोटाले समाजमा यौन हिंसा बढ्दै गइरहेको बेला किशोरी आत्मरक्षा जीवन उपयोगी शिक्षा भएको बताउनुभएको छ । इन्सेक दैलेख आज विद्यालयमा आयोजना गरेको किशोरी आत्मरक्षा अनुशिक्षण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
यौनजन्य हिंसाबाट जोगिने सीप प्रयोग गर्ने र पींडा पु¥याउनेलाई कानूनी कारवाही गराउन पछि हट्न नहने इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बताउनुभयो । कार्यक्रममा युवा अभियन्ता सुनिता सोनी र प्रतिमा थापाले अभिमुखीकरण सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी इन्सेकले फूलवारी विद्या मन्दिर र गुराँस कप्यूटरका अध्ययनरत विद्यार्थीहरुलाई यौनजन्य घटनाबाट जोगिने उपाय र सजगता विषयमा युवा अभियन्ताद्वय सोनी र थापाले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखीकरणमा सहभागी किशोरीहरुले यौन दुव्र्यवहार झल्किने बोली, व्यवहार, हाउभाउ र चालचलन बारे जान्न र बलात्कारजन्य घटनाबाट जोगिने उपाय जान्न पाएकोमा खुशी प्रकट गरेका थिए । विद्यालय प्रशासन र इन्स्टिच्यूट सञ्चालकहरुले यस्ता अभिमुखीकरण निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
के हो आत्मरक्षा अभिमुखीकरण र कसरी सिकाइन्छ ?
युवा अभियन्ता सजना सुनार संयोजक र पत्रकार अमर सुनार सहसंयोजक रहेको ९ सदस्यीय बालिका बचाउ अभियानले कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र कालिकोटमासमेत विस्तार भएको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेका किडार्क नेपाल, क्याड नेपाल, आवाज, सोसेकले पनि आफ्ना सचेतना अभियानमा सहकार्य गर्दै सुनिता सोनी लगायतका सहजकर्ताहरुले गाउँगाउँमा यी अभियान चलाइरहनुभएको छ ।
बालिका बचाउ अभियानले तयार पारेको पाठ्यसामग्रीका आधारमा ११ चरणको किशोरी आत्मरक्षा अभिमुखीकरणमा सामान्य सांकेतिक शारीरिक छुवाइदेखि बलात्कार गर्ने प्रयास भएको समयमा आफूभन्दा बलियो मान्छेलाई के कस्ता शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरेर जोगिन सकिन्छ भनेर सिकाउने गरिन्छ । जस्तै :–
१. एक हातले आक्रमण गर्दा
२. दुई हातले आक्रमण गर्दा
३. एक हातले पछाडिबाट आक्रमण गर्दा
४. कपाल समातेको बेला
५. पछाडिबाट शरीरमा समातेको अवस्थामा
६. पछाडिबाट शरीर र हात समातेको अवस्था
७. पछिल्तिरबाट घाँटी समाएमा
८. अगाडि सम्मुखमै उभिएर आक्रमण गर्दा
९. अघिल्तिरबाट शरीर र हात समातेको अवस्था
१०. लडाएर घाँटी थुन्न खोजेको खण्डमा र
११. बलात्कारको उद्देश्यले लडाइ सकेको अवस्था
यी अवस्था अनुसार शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरी आफू भाग्ने वा उम्कने र घटना परिवेश अनुसार पीडितले प्रतिरोध गर्ने सीप र कौशलता बारे प्रयोगात्मक अभ्यास गराउने गरिन्छ ।
त्यस्तो अभ्यासमा आफूभन्दा बलियो आक्रमणकारी भए पनि प्रतिरोधका अभ्यास, कला, कौशलता, छरितापन र सजगता विषय केन्द्रित गरिन्छ । आफूले गर्ने क्रियाकलाप र त्यसपछि समुदाय वा वरपरका व्यक्ति तथा निकायहरुको सहयोग र सहकार्य बढाउने बारे सीप तथा ज्ञानका कुरा किशोरी आत्मरक्षा अभिमुखीकरणमा सिकाउने गरिएको छ ।
प्रतिक्रिया