विवाहको ६ महिनापछि थाहा भयो, श्रीमती ‘पुरुष’ पो रहिछन् !

विवाहको ६ महिनापछि थाहा भयो, श्रीमती ‘पुरुष’ पो रहिछन् !

पहिले नै जानकारी भएर अनि मन मिले महिला महिलाबीच विवाह भएको छ, कतै पुरुष पुरुषले पनि विवाह गरेका सुनेकै कुरा हो । तर उदयपुर जिल्लामा देख्दा महिला जस्तै लागेर विवाह गरी ल्याएकी युवती ६ महिनापछि ऊ त पुरुष भएको खुलेपछि विवाह गर्ने केटा र गाउँलेहरु चकित परेका छन् !

उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुग्नुभएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ घर भएका ती पुरुषलाई महिला ठानेर प्रेम विवाह गरेका नम्वर राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिनुभएको छ । उहाँले २ लाख ७० हजार रकम हिनामिना गरेको समेत उजुरीमा उल्लेख छ ।

विवाह गरेको ६ महिनासम्म पनि यौन सम्वन्धका लागि तयार नहुने गरेको अवस्थामा अलग ओछ्यानमा निदाएको बेला नम्वरले श्रीमती भनिएकी ती व्यक्तिको गोप्य अंग नियालेपछि पुरुष भएको खुलेको प्रहरी अनुसन्धानबाट समेत पुष्टि भएको छ ।


महिला जस्तै देखिने ती व्यक्ति महिला नभएर पुरुष भएको ठहर भएपछि उनी उजुरी बोकेर प्रहरी समक्ष पुगेको नम्वर राईको भनाई छ । ती व्यक्तिले किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमानसँग अलग रहँदै आएका थिए ।

महिला भनी विवाह गरेको व्यक्ति पुरुषले आफूलाई ठगी गरेको भनी उजुरी आएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गरेपनि उनकी श्रीमती अस्वस्थ भएर धरान गएको प्रहरीको भनाई छ ।

महिला बनी विवाह गरेका भनिएका ती व्यक्तिलाई हाईब्लडप्रेसरको समस्या देखिएपछि एम्बुलेन्स मार्फत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । हेर्दा महिला जस्तो देखिएपनि नम्वरकी श्रीमती पुरुष नै भएको अनुशन्धानबाट पुष्टि भएको प्रहरीको तर्क छ ।

प्रहरीमा उजुरी दिनुअघि नम्बरले बेलका नगरपालिकाको न्यायिक समितिमा पनि उजुरी दिएका थिए । उपमेयर जीरा राईको संयोजत्वमा रहेको न्यायिक समितिले आपसी छलफलबाट समाधान ननिस्केपछि इलाका प्रहरी कार्यालय पठाएको हो ।

प्रहरीका अनुसन्धान अधिकृतका अनुसार नम्वरको श्रीमती बन्ने ब्यक्ति ३१ वर्षीय राजु राई भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का बासिन्दा हुन् । वेलका नगरपालिका–६ का वडाध्यक्ष वसन्त मगरले राजुले महिलाको भेषमा ठगी गर्न बिवाह गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया