यौनिक अल्पसंख्यकको गौरवको महिना सचेतनामूलक कार्यक्रम

यौनिक अल्पसंख्यकको गौरवको महिना सचेतनामूलक कार्यक्रम

दैलेख – सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा संचालित एलजीबीटीआईक्यू परियोजना सम्वन्धी कार्यक्रम अन्तर्गत बिहीबार दैलेख सदरमुकाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक गौरवको महिना विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समाववेशीता ( एलजीबीटीआईक्यू) परियोजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचान सवाल र गौरब महिना बारे जानकारी गराउन सदरमुकाम व्यानर, प्लेकार्ड र सन्देशमूलक टोपी पहिरिएर सदरमुकाममा प्रदर्शनी गरिएको थियो ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगायत अधिकारकर्मी र पत्रकारहरु समेतको उपस्थितिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको सवाल विषयमा सचेतना मूलकमा थियो ।
सन् १९६९ जुन २८ तारिकका दिन अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवाल इन नामक एउटा बारमा समलिङ्गी पुरुषहरु र प्रहरीबीच झडपमा प्रहरीले करिब २०० मानिसलाई सडकमा कुटेको थियो ।

त्यो घटनालाई स्मरण गर्दै विश्वभरका लै्िङ्गक तथा यौनिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरब महिनाका रुपमा मनाउन थालेका छन । नेपालमा पनि जुन महिनामा विभिन्न कार्यक्रम गरेर प्राइड मन्थ मनाउने गरिन्छ ।

त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरुले समानताको माग गर्दै खुला रुपमा पहिलो जुलुस निकाले । जुन महिनालाई नै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारको इतिहाससँग जोडेर गौरब महिना मनाउन थालिएको हो ।

प्रतिक्रिया