अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यू

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यू

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यू भएकाे छ । एक जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको मृत्यू भएकाे हो ।

पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको मृत्यू भएकाे हो ।मृत्यू भएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो ।

पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया