घनश्याम उपाध्याय सचिवमा बढुवा
दैलेखको सदरमुकाम नारायण नगरपालिका-३ भूर्तीका स्थानीय बासिन्दा घनश्याम उपाध्याय कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बन्नुभएको छ !
नेपाल सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले ज्वालासन्देशलाई जानकारी दिनुभयो ।
कार्य सम्पादनका आधारमा सरकारले उपाध्यायलाई बढुवा गरेको मन्त्रीले बताउनुभयो । यससँगै प्रशासनतर्फ कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बन्नुभएको छ, उहाँ दैलेखको सदरमुकाम नारायण नगरपालिका-३ भूर्तीका स्थानीय बासिन्दा हुनुहुन्छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा घनश्याम उपाध्याय, लक्ष्मी बस्नेत र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो ।
२०७९ भदौ २२ गतेदेखि उहाँ काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रहनुभएको थियो । उपत्यकामा रहेर दुई वटा निर्वाचन सम्पन्न गराएका उपाध्यायले प्रजिअ रहँदा टायम कार्ड लागू गर्नेदेखि सेवा प्रवाहमा चुस्तता ल्याउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो । उपाध्याय निजामती सेवामा स्वच्छ छविका प्रशासकका रूपमा चिनिनुहुन्छ ।
प्रतिक्रिया