नेपाल परिवार नियोजन संघलाई चलायमान बनाउन जिल्ला नेतृत्वलाई सुुझाव

नेपाल परिवार नियोजन संघलाई चलायमान बनाउन जिल्ला नेतृत्वलाई सुुझाव

दैलेख – प्रतिनिधिसभाका साँसद एवम् नेपाल परिवार नियोजन संघ केन्द्रीय सदस्य सीताकुमारी रानाले ६४ वर्ष पुरानो नेपालकै पुरानो समाजसेवी संस्था नेपाल परिवार नियोजन संघलाई चलायमान बनाउन जिल्ला नेतृत्वलाई सुुझाव दिनुभएको छ ।

‘सबैको लागि प्रजनन स्वास्थ्य र अधिकार’ भन्ने नाराका साथ शनिबार आयोजित दैलेख शाखाको २४ औं शाखासभामा उहाँले नेपाल परिवार नियोजन संघले गर्दै आएको परिवार स्वास्थ्य सेवा बारे रामरी बुझाउन सके स्थानीय सरकारसंग श्रोत ल्याएर काम गर्न सकिने बताउनुभयो ।

कार्क्रमका दैलेख शाखाका संस्थापक सभापति रबिन्द्रराज श्रेष्ठले परिवार नियोजन संघ सुरुमा स्थापना गर्दा कठिन भएको र हाल शाखाले राम्रा काम गरेकोप्रति खुशी व्यक्त गर्नुभयो । केन्द्रीय नेतृत्वमा दैलेखका साँसदको प्रतिनिधित्वले श्रोत जुटाउन सकिने सम्भावना बढेको प्रष्ट्याउनुभयो ।

दैलेख नेपाल परिवार नियोजन संघ दैलेख शाखाको अध्यक्ष कर्णाली प्रदेश सभा सदस्य पूर्णबहादुर खत्रीले आफ्नो कार्यकालमा दैलेख शाखाको भवन बनाउन प्रतिवद्धता जनाउनुभयो । अघिल्लो शाखासभाबाट जिल्ला अध्यक्ष चुनिनुभएका खत्रीले २४ औं सभामा पनि अध्यक्ष पदमा पुनः चुनिनुभएको छ ।

कार्यसमितिको कोषाध्यक्षमा विनोदकुमार मल्ल, महिला सदस्यद्वय दुर्गा श्रेष्ठ, पुन्यप्रभा दसौंदी, तीन जना युवा सदस्यमा लोकेश गिरी, उषाकुमारी केसी, गोमा थापा, चार जना विज्ञ सदस्यहरु रमा श्रेष्ठ, झप्पड मल्ल, डा. सुशिला कटुवाल र युवराज तिमिलसेना सर्वसहमतिले चयन हुनुभएको छ ।

प्रतिक्रिया