एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ -   एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाउनुभएको हो  । 

‘१२ बजे दलको बैठक बोलाइएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँछ’, एमाले प्रमुख सचेतक पदम गिरीले भन्नुभयो, ‘छलफलपछि संसदमा पार्टीको प्रस्तुति के हुन्छ भन्ने टुंगो लाग्छ ।’

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइएको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउनुभएको थियो  ।

प्रतिक्रिया