प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता


काठमाडौँ -   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

 प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन  २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । 

प्रतिक्रिया