कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना
![कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanraj-gurung_5F2utzRV4d_fsalb9oaze4uwgmclwrvgtrggu34n7ksxbvmpzab5qdalokplee6drzrob9b_uyfBoADhQa_frzqq1mac5mull3wpjeknkqvuhlpghzdbih3tgnkdz5u7a79jvtfhx2myaot.jpg)
काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार उनमा ब्लड प्रेसर लो भएको थियो । ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो ।
अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भन्नुभयो । स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया