ललिता निवास जग्गा प्रकरण छानबिनका लागि तयार छु : भट्टराई
सुर्खेत - पूर्वप्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा आफू पनि तानिन तयार भएको कुरा बताउनुभएको छ ।
शनिबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो ।
‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ’, उहाँले भननुभयो, ‘मैले विगतदेखिनै भन्दै आएको छु– छानबिन गरौँ भनेर, म तयार नै छु ।’
यस क्रममा उनले आफू प्रधानमन्त्री रहेका बेला सानो निर्णय भएको र त्यो नियतवश नभएको जिकिर पनि गर्नुभयो । तर पनि आफू छानबिनका लागि आफू तयारै रहेको दोहोर्याउनुभयो ।
‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३र४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो’, उहाँले भननुभयो, ‘त्यो मेरो नियतवश नभई मन्त्रिपरिषद्को निर्णय हो। म छानबिनका लागि तयार छु।’
प्रतिक्रिया