रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

काठमाण्डौ – कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो । तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै उपाधिका लागि निर्णायक भयो ।

योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधि जितेका छन् ।

प्रतिक्रिया