पत्रकार महासंघको कर्णाली साधारणसभा दैलेखमा

पत्रकार महासंघको कर्णाली साधारणसभा दैलेखमा

दैलेख – नेपाल पत्रकार महासंघको तेश्रो कर्णाली प्रदेश साधारणसभा शुक्रबार र शनिबार दैलेखमा हुदैछ । महासंघको दैलेख शाखाको आथितिथ्यतामा हुने यो कार्यक्रमको तयरी पूरा भएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशका १० जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, पश्चिमरुकुम, सल्यान, सुर्खेत र दैलेखका डेढ सय बढी पत्रकारहरुको सहभागिता हुने बताइएको छ । साधारणसभाको पहिलो दिन शुक्रबार नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिको बैठक र शनिबार प्रभातफेरीपछि औपचारिक कार्यक्रम गरिने छ । 

पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा शुक्रबार दिउँसो महासंघको कर्णाली प्रदेश समितिको बैठक बस्ने योजना छ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम बारे प्रचारप्रसार गर्न प्रदेश समितिको वैठक त्यहाँ राखिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले बताउनुभयो । 

शनिबार दैलेख सदरमुकामको गणेशचोकबाट झाँकी सहित ¥याली प्रदर्शनसंगै जुलुसले नगर परिक्रमापछि दैलेख सदरमुकामको कोतगढीमा कर्णाली प्रदेश साधारणसभाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । 
 

प्रतिक्रिया