नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण
काठमाडौँ - जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताउनुभयो ।
उहाँले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
प्रतिक्रिया