जाजरकोट अस्पतालमा पहिलो पटक थाइराइडको उपचार

जाजरकोट अस्पतालमा पहिलो पटक थाइराइडको उपचार

जाजरकोट -   जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा.प्रतिक्षा भारतीले बताउनुभयो  ।

अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा. भारतीले बताउनुभयो  । अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएपछि मात्रै स्वास्थ्य संस्था प्रति आम नागरिकको विश्वास बढ्ने भएकोले जिल्लामै आँखाको प्रभावकारी उपचार सेवा सञ्चालन गर्ने योजना रहेको डा. भारतीको भनाई छ ।

जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेको विरामी निकै खुशी भएका भएका छन् । ५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताउनुभयो  ।

हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आवश्यक तयारी भईरहेको अध्यक्ष सिंहले बताउनुभयो  । थाइराइडको सेवा हरेक मंगलबार र विहीबार सुचारु हुनेछ । धेरै विरामीहरु आए सेवा प्रवाहका दिनहरु थपिने अध्यक्ष सिंहले बताउनुभयो  ।

प्रतिक्रिया