सम्बोधनको क्रममा प्रधानमन्त्री भावुक बनेपछि.....

सम्बोधनको क्रममा प्रधानमन्त्री भावुक बनेपछि.....

काठमाडौँ -  बुधवार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम थियो । जसको प्रमुख अथितिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानम्नत्रीलाई विशेष सम्बोधनको लागि ड्यासमा आमन्त्रण गरियो ।

कार्यक्रमबारे बोल्दाबोल्दै प्रधानमन्त्री एकाएक भाबुक हुनुभयो। उहाँको बोलि रोकियो । कार्यक्रममा उपस्थित सबैमा सन्नाटा छायो । 

‘जीवनभर हात पाखुरा खियाउने अनि अन्तिममा रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ । समाजवाद उन्मुख व्यवस्थामा यो हुन सक्दैन’ प्रधानमन्त्रीले भन्नुभयो। यति भन्दै गर्दा प्रधानमन्त्री भावुक बन्नुभएको थियो ।

प्रतिक्रिया