हुम्लामा भीरमा चिप्लेर लड्दा एकजनाको मृत्यु

हुम्लामा भीरमा चिप्लेर लड्दा एकजनाको मृत्यु

सिमकोट – वनमा पशु चराउन गएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह सार्की भीरमा चिप्लेर लड्दा मृत्यु भएको छ। पशु चराइरहेका बेला घरमा उज्यालो पार्न सल्लाको झरो चिरेर टिप्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

सर्केगार्ड गाउँपालिका–५ को भुवा गाउँका ६२ वर्षका सार्कीको वनमा पशु चराउन गएका बेला दिउँसो झरो टिप्ने क्रममा सेलपंसा भीरमा चिप्लेर खस्दा घटनास्थलमै मृत्यु भएको गोठी गाउँका सूर्यबहादुर शाहीले बताउनुभयो ।

उक्त गाउँमा उज्यालोको अन्य व्यवस्था नभएपछि सल्लो झरो निकालेर दियालो बालेर उज्यालो गरिन्छ। मृतक सार्की वडा नम्बर ५ कै धुमचुमी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत थिए । उनी पोर्खी सहकारी संस्थाको सेयर सदस्यसमेत रहँदै आएका थिए। मृतक सार्की मस्टो देवताको धामीसमेत हुन्। सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया