युवा संघको कर्णालीको अध्यक्षमा शाही

युवा संघको कर्णालीको अध्यक्षमा शाही

सुर्खेत -    नेकपा एमाले निकट राष्ट्रिय युवा संघको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका जीवन शाही चयन भएका छन् । 

प्रदेश राजधानीमा भएको संघको पहिलो अधिवेशनले शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

युवा संघ दैलेखको अध्यक्ष समेत भइसकेका उनी स्वास्थ्यकर्मी पनि हुन् । यस्तै उपाध्यक्षमा कालिकोटका गणेश, सचिवमा सुर्खेतका पिटर चुनारा चयन भएका छन् ।

प्रतिक्रिया