भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसक्यो, अब रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसक्यो, अब रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत -   प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताउनुभएको छ । 

बिहीबार  सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताउनुभयो ।

अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको उल्लेख गर्नुभयो ।उहाँले सम्बोधनका क्रममा नेत्रविक्रम चन्द विप्लवको विप्लवकै सुरक्षा घेरामा आफूले जनयुद्ध अघि बढाएको समेत बताउनुभयो । 

यद्यपि उहाँले विप्लवसँग एकै ठाउँ रहेर अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । अहिले समाजवादी मोर्चाले सहयात्राको सम्भावना बढाएकाले उत्साहित भएको प्रचण्डको भनाइ छ। यो मोर्चा एक ठाउँमा भएर लड्दा सुशासनका लागि भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुने पनि विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले नेकपा एमालेलाई लक्षित गर्दै उनीहरु नक्कली कम्युनिष्ट भएको पनि बताउनुभयो । एमालेले अहिले धारे हात लगाएर हेरिरहेको बताउँदै उनीहरु नक्कली कम्युनिष्ट भएको जिकिर गर्नुभयो । उहाँले एमाले परिवर्तनको पक्षमा नरहेको पनि उल्लेख गर्नुभयो ।

प्रचण्डले केही लिनदिन नभई परिवर्तनको पक्षमा अग्रसर हुने प्रमुख लक्ष्य आफूले लिएको बताउनुभयो । उहाँले भन्नुभयो, म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।

प्रचण्डले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गर्नुभयो । माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनको दाबी थियो । दउहाँले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको पनि बताउनुभयो । 

प्रतिक्रिया