जुम्लामा माओवादीमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नखाने

जुम्लामा माओवादीमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नखाने

जुम्लामा नेकपा माओवादी केन्द्रले पार्टीमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा माओवादीमा आवद्ध कसैले जाँड–रक्सी नखाने निर्णय गरेको बिहीवार पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

पार्टी कार्यकर्ताहरुलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी केन्द्रका जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई नागरिकको घरदैलोमा पु¥याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय भएको छ । पत्रकार भेटघाटमा इन्चार्ज लामाले पार्टीको यो अभियानलाई सफल बनाउन सबैलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया