संगठनलाई गतिशीलता बनाउन रुपान्तरण अभियान

संगठनलाई गतिशीलता बनाउन रुपान्तरण अभियान

राष्ट्रियसभा साँसद एबम् नेकपा माओवादी केन्द्रका नेता मायाराम शर्माले समाज रुपान्तरण अभियानमा जुट्न दैलेखका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखको विस्तारित बैठकमा उहाँले सो निर्देशन दिनुभयो ।

साँसद ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा माओवादी संगठनलाई चलायमान र गतिशीलता थप्न घरघरमा माओवादी, जनजनमा माओवादी नारा दिइएको स्पष्ट पार्नुभयो । 

नेकपा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य एवं तीन महिने अभियानका दैलेख इञ्चार्ज गोपाल शर्माले पार्टी सरकारमा भएको बेला थालिएको सुशासन, पारदर्शिता र समृद्धिको कामको कार्यकर्ताले प्रचार गर्न सुझाव दिनुभयो । कर्णालीमा माओवादीको आधार क्षेत्र भए पनि कमजोर रहेको संगठन पछिल्लो समय दैलेखमा उत्साहप्रद आकर्षण बढेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य थीरबहादुर कार्की (कुशल)ले अभियानको समय सबै कार्यकर्ता इमान्दारितापूर्वक तोकिएको कार्यक्षेत्रमा परिचालन हुन आग्रह गर्नुभयो । पार्टी जिल्ला इन्चार्ज प्रेमबहादुर कटुवाल (बीरबल)ले अभियानको समयमा गरिएको कामको मूल्यांकन प्रणाली बनाइएको जानकारी दिनुभयो । 

त्यसबखत दैलेखका ११ पालिकाका लागि तोकिएका ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’का इञ्चार्जहरु नारायण नपाका जनकनाथ योगी, दुल्लू नपाका पार्वती बिक, चामुण्डाबिन्द्रासैनी नपाका थीरबहादुर कार्की, आठबीस नपाका तुलाराज बिकले पनि अभियानको महत्व बारे बोल्नुभएको थियो । 

त्यसैगरी ७ गाउँपालिकाहरुमा इञ्चार्ज जिम्मेवारी पाएका नौमूलेका कल्पना महरा, भगवतीमाईकी प्रेमकमारी सुनार, गुराँसका रणसिंह परिायार, डुंगेश्वरका कृष्ण गुरुङ्ग, महाबुमा प्रेम कटुवाल, भैरबीमा उपेन्द्र रावल र ठाँटीकाँधका लागि भूपेन्द्र जोशीले पार्टी केन्द्रको ध्येय र स्थानीय नेतृत्वको भूमिका विषयमा प्रष्ट्याउनुभएको थियो ।

 

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले प्रदेश सरकारले गरिरहेका विकास कार्यक्रम र प्रभावकारिताका निम्ति पार्टी पङ्ति सहयोग र प्रेस सेण्टरका केन्द्रीय सदस्य अमर सुनारले सरकारले गरिरहेका सुशासन प्रवद्र्धनका काम प्रशंसा र पार्टी गतिविधिको प्रचार रणनीतिका विषयमा प्रकाश पार्नुभएको थियो । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजालको अध्यक्षतामा भएको जिल्ला कमिटीको बिस्तारित बैठकमा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका व्यक्तिहरुलाई स्वागत तथा अभिनन्दन गर्नुसंगै अभियान परिचालनको कार्ययोजना र रणनीति बारे संस्थागत निर्णय भएको बताइएको छ । 

साउन १७ गतेदेखि २१ गतेसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले पालिका इञ्चार्ज तोकी भदौ १६ गतेदेखि मंसिर दोश्रो सातासम्म तीन महिना लामो ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को घोषणा गरेको हो । अभियानका लागि जिल्ला नेतृत्वलाई दैलेखका ९० वटै वडामा परिचालन गर्ने कार्ययोजना बनाएको छ । 


 


 

प्रतिक्रिया