कालिकोटमा माटोको ढिस्कोले च्यापिएर महिलाको निधन

कालिकोटमा माटोको ढिस्कोले च्यापिएर महिलाको निधन

कालिकोट-  कालिकोटमा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ ।  सान्नीत्रिवेणी गाउँपालिकामा  घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको निधन भएको हो ।

वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर निधन भएको  वडाध्यक्ष देवनाथ योगीले बताउनुभयो ।

प्रतिक्रिया