मन्त्रीलाई चिट्ठी लेख्ने प्रतियोगिता

मन्त्रीलाई चिट्ठी लेख्ने प्रतियोगिता

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाले सरकारलाई भन्न चाहेका कुरा चिट्ठी मार्फत अभिव्यक्त गर्न मन्त्रीज्यूलाई चिट्ठी प्रतियोगिता गर्न लागेको छ । परिषद्ले अनलाइन गुगल फाराम मार्फत दुई सय शब्दमा नबढाई भदौ २५ गते भित्र पठाइसक्न आग्रह गरिएको छ । 

गुगल फाराम मार्फत लेखिएको चिट्ठी मध्ये छनौटमा परेका बालक वा बालिकालाई भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवस मूल समारोहमा बाचन गर्ने अवसर दिइने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने बालबालिकाले आफ्नो पूरा ठेगाना र आफू १८ वर्ष मुनिको भएको जनाउ दिने कागजपत्र समेत संलग्न हुनुपर्ने सर्त राखिएको छ । 

https://forms.gle/QxRJFcRHZkgysUC37 फाराममा भर्न पर्नेछ । बालबालिकाले यो फाराम भर्न अघि आफूले लेख्न चाहेको विषय छोटो रुपमा लेख्न पहिले अभ्यास गरी यूनिकोडमा पठाउन सकिन्छ । 

यो वर्ष राष्ट्रिय बाल दिवसको नारा 'बालबालिकालाई लगानी ः सुनिश्चित भविष्यको थालनी' रहेको छ । बाल अधिकार महासन्धी १९८९ लाई नेपाल सरकारले २०४८ भदौ २९ गते अनुमोदन गरेको स्मरणमा भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिन्छ ।  


 

प्रतिक्रिया