बलात्कारका आराेपित पक्राउ गर्न जाँदा प्रहरी र पीडित माथि आक्रमण

बलात्कारका आराेपित पक्राउ गर्न जाँदा प्रहरी र पीडित माथि आक्रमण

कालिकोट – बलात्कार घटनाका आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेका हुन् ।

सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए ।

गाउँलेहरुको आक्रमणबाट स्थाई प्रहरी पाेष्ट करदेबका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनुभयो ।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते विकको अवस्था गम्भीर रहेको कालिकोटका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी बताउनुभयाे ।

बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका प्रहरीले जनाएको  छ । खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न ढुंगेलसहित चार जना प्रहरी टोली गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

प्रतिक्रिया