बाढी–पहिरो पीडितलाई राहत वितरण

बाढी–पहिरो पीडितलाई राहत वितरण

सिमकोट – साउन १२ र १३ गते गएको बाढी–पहिरो पीडितलाई राहत वितरण गरिएको छ। बाढी–पहिरोबाट क्षति भएकामध्ये छनोट भएको १५ घरधुरीलाई बिहीबार एक कार्यक्रम आयोजना गरी राहत वितरण गरिएको हो।

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा उत्थानशील समुदाय निर्माण परियोजनाका जीविकोपार्जन अधिकृत संरक्षण शाहीले बाढी–पहिरो पीडित सर्केगार्ड गाउँपालिका–२ को रिप, ३ को उनापानी, ६ को बराई, ८ को राहदेवका १५ घरधुरीलाई राहत वितरण गरिएको बताउनुभयो ।

पीडितमध्ये अति विपन्न, कमजोर अवस्था, बृद्धवृद्धा, अपांगता भएका नागरिक र एकल महिलालाई सो राहत सामग्री प्रदान गरिएको हो।

उनीहरुलाई राहतस्वरुप चामल, दाल, तेल, चिनी र चना प्रदान गरिएको हो। सो परियोजना सर्केगार्ड गाउँपालिकामा लागू भएको छ।

उक्त सहयोग डेनिस सरकारको आर्थिक सहयोग, मिसनिष्ट नेपालको प्राबिधिक सहयोग, सर्केगार्ड गाउँपालिकाको समन्वय र किडार्क नेपालको आयोजनामा उपलब्ध भएको हो।

प्रतिक्रिया