जाजरकोटमा अख्तियारको टोलीमाथि आक्रमण
सुर्खेत - अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा आक्रमण भएको छ ।
भेरी नगरपालिका-५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
आक्रमणबाट एक जना घाइते भएको जनाइएको छ ।अख्तियारबाट पाँच जनाको टोली निरीक्षणका लागि जाजरकोट गएको र आक्रमण हुँदा चालक मानबहादुर ठाडा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी प्रमुख सन्तोष रोक्काले बताउनुभयो । ।
गाडी चालक मानबहादुर लाई मुक्का हानी घाइते बनाइएको डीएसपी रोक्काले भन्नुभयो । उनको स्वास्थ सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ । उनी वीरेन्द्रनगर नगरपालिका-११ का हुन् ।
उक्त घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द‚ किरण शाही‚ चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया