शिक्षक अपुग भएपछि सर्केगाडले विद्यालय मर्ज गर्दै

शिक्षक अपुग भएपछि सर्केगाडले विद्यालय मर्ज गर्दै

हुम्ला –  सर्केगाड गाउँपालिकाले सामुदायिक विद्यालयको मर्ज गर्ने भएको छ । गाउँपालिकाले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयको मर्ज गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाका अनुसार पालिकाले चालू आर्थिक वर्ष २०८०र०८१ बाट विद्यालयको समायोजन गर्न लागेको हो । विद्यालय समायोजनका लागि गाउँपालिकाले स्थानीय राजनीतिक दल, विद्यालय, विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै आएको बताउनुभयो  । 

पालिकाभित्रका विद्यालयमा शिक्षक दरबन्दी अपुग भएकोले मर्ज गर्न लागेको उहाँले बताउनुभयो  । गाउँपालिकाले दरबन्दी मिलानका लागि करार सेवामा शिक्षक छनौट गर्दै आएको उहाँको भनाइ छ । 

उहाँका अनुसार गाउँपालिकामा प्राविधिक शिक्षा अध्यापनको लागि शिक्षा विभागसँग समन्वय गर्दै आएको छ । उहाँले गाउँपालिकामा कृषि विज्ञान, सिभिल इन्जिनियरिङ, बाली विज्ञान, पशु विज्ञानलगायतको प्राविधिक धारको कक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्दै आएको बताउनुभयो । 

उहाँका अनुसार पालिकाभित्र ४ वटा माध्यमिक तथा २९ वटा आवि र प्रावि गरी ३३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये आवि र प्राविको मर्ज गरिने उहाँले बताउनुभयो  । 

प्रतिक्रिया