नन्द बक्स ब्यारेकका मेजर पण्डितको शव फेला
![नन्द बक्स ब्यारेकका मेजर पण्डितको शव फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_a9Rs4KhuUM_6qqc78s19xg8xkzbpprodjros9kd2uk5ftyjc45h8vdabss0lyxez3pef4ad_w2TzbaWiyF_qhfml5ztqg7xrsmrtswrawvdlvant6gld2ugwz04n6pmoascymuu7awbpmgj_qtkN20LKTL_mjzdmxpolydrruwsxhfxd0h1rztvyz7qwdxz4wjeuixgr88fvlqes3jym4d1.jpg)
सुर्खेत – १६ दिनदेखि बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो ।
स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए । उनीहरुले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो । साथै सेनाको टोली पनि त्यहाँ पुगेको छ ।
ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले रातोपाटीलाई बताए । यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको उहाँले बताउनुभयो ।
‘हामीसँग नेपाली सेनाको दुईवटा मेजरसावहरुको टोली आउनुभएको थियो, औँठी र घडीको आधारमा शव मेजर पण्डितकै रहेको यकिन गर्नुभयो,’ उहाँले भन्नुभयो,‘ पण्डितको अंकलका छोरा पनि घटनास्थलमा पुगेका थिए ।
मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् । शवलाई जिल्ला अस्पतला ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । काठमाडौँको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित १० भदौ अपराह्न ४ बजे त्रिपुराकोटबाट बेपत्ता भएका थिए ।
प्रतिक्रिया