बालश्रम, बालविवाह रोक्न र सबै बालबालिकालाई शिक्षा : सोसेकको आग्रह

बालश्रम, बालविवाह रोक्न र सबै बालबालिकालाई शिक्षा : सोसेकको आग्रह

दैलेख – बालश्रम, बालविवाह रोकथाम र सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन सबै क्षेत्रको पहलकदमी लिन सोसेक नेपालले आग्रह गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जारी गर्नुभएको विज्ञप्तीमा बालश्रमका कारण बालबालिको शिक्षा आर्जनमा वाधा सुरु भई व्यक्तित्व विकासमा अवरोध आएको जनाइएको छ । 

बालविवाहपछि पढाइलेखाइ रोकिने कारणले स्वरोजगार वा आर्थिक उपार्जनको बाटो रोकिने भएको कारण बालविवाह महिला माथि हुने हिंसाको मुख्य कारण बनेको भन्दै बालविवाह रोकथाममा स्थानीय सरकार, समाजका अगुवा सरोकारवालाहरु गम्भीर नभएको सोसेक नेपालका कार्यकारी निर्देशक थापाले टिप्पणी गर्नुभएको छ । 

बालअधिकार हनन् भएको अवस्थामा आफूलाई परेको पीरमर्का वा जोखिममा सोसेक नेपाललाई सूचना प्राप्त भएसम्म बालबालिको उद्धार, मनोविमर्श, संरक्षण, कानुनी सहायता, पुनस्र्थापनाका लागि बाल हेल्पलाईन १०९८ सधैं तत्पर रहेको राष्ट्रिय बाल दिवसको अवसरमा सोसेक नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

‘बाल अधिकार महासन्धी १९८९’ लाई नेपाल सरकारले अनुमोदन गरेको दिन २०४८ भदौ २९ लाई  स्मरण गर्दै २०६३ देखि भदौ २९ लाई राष्ट्रिय बाल दिवस मनाइन्छ । भदौ ४ गते रत्नराज्यको जन्मदिनको दिन मनाइने गरेको बाल दिवस २०६२/०६३ को दोश्रो जनआन्दोलनले राजा हटाएपछि त्यसअघि भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । 


 

प्रतिक्रिया