गुराँसमा विभिन्न कार्यक्रम गरी मनाइयो बाल दिवस

गुराँसमा विभिन्न कार्यक्रम गरी मनाइयो बाल दिवस

सुर्खेत –  राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोही अवसरमा  दैलेखका गुराँस गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सेभ द चिल्ड्रेन, गुराँस गाउँपालिका र सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा  संचालित सहयात्रा दोस्रो परियोजनाको सहग समन्वय नमुना बाल सञ्जालको आयोजनामा  आधारभूत तह र माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएका हो  ।

उक्त कार्यक्रमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनटाकुरी प्रथम स्थान, श्री नेपाल राष्ट्रिय माध्यिामिक विद्यालय बगौरा द्धितीय, श्री जय जनता माध्यामिक विद्यालय जोरेबाँझ तृतीय र श्री जनसहयोग आधारभूत विद्यालय लामतडा सान्त्वना स्थान हासिल गरेको बताइएको छ । 

त्यस्तै माध्यमिक तह तर्फ श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय प्रथम समूह (ख), श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बगौरा द्धितीय समूह (क), श्री जय जनता माध्यामिक विद्यालय जोरेबाँझ तृतीय समुह (ख), श्री जय जनता माध्यामिक विद्यालय जोरेबाँझ सान्त्वनाा समुह (क) रहेका छन् । 

हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमा आधारभूत तहलाई सहयात्रा परियोजनाबाट पुरस्कार रहेको थियो भने माध्यमिक तहलाई पुरस्कार र खाजा नास्ताको व्यवस्थापन वडा नम्बर ६  वडा कार्यालयले गरेको बताइएको छ । 

त्यस्तै राष्ट्रिय बाल दिवसको अवसरमा गुराँस गाउँपालिकामा पनि मनाइएको छ । गुराँस गाउपालिका वडा नम्बर -४ को समन्वय र सोसेक नेपालको सहयोगमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।  बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयमा  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो  । जसमा  निम्न माध्यामिक विद्यालय र माध्यामिक विद्यालय तहका कक्षा ६,७,८ को बालबालिकाहरूको सहभागी रहेको थियो । वक्तृत्वकलामा सहभागि भएर प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान  हासिल गर्ने  सहभागी  बालबालिकाहरूलार्इ सोसेक नेपाल बाट पुरस्कार  बितरण गरिएको थियो । 

त्यस्तै गुराँस गाउँपालिका  वडा नम्बर -७ मा पनि सोसेक नेपाल  सेभ द चिल्ड्रेन र गुराँस गाउँपालिकाको समयन्वनमा वडा नम्बर -७  को आयोजना हाजिरी  जवाफ  प्रतियोगिता सम्पन्न भएको हो । 

गुराँस गाउँपालिका वडा नं -८ मा सेभ द चिल्ड्रेन, सोसेक नेपाल र गुराँस गाउँपालिका को समन्वयमा - ८ नं वडा कार्यालयको आयोजनामा रास्ट्रिय बाल दिवस मनाइएको छ । बालदिवसको अबसरमा  गुराँस ८ को कालिका माध्यामिक विद्यालय गर्चा, धरमपोखरा र घ्युपोखरीमा बाल संजालले मेरो बाटो सडक नाटक प्रस्तुत गरेका थिए । 

त्यस्तै गुराँस गाउँपालिका वडा नम्बर -५ गोगनपानीमा सोसेक नेपाल, सेभ द चिल्ड्रेन र गुराँस गाउँपालिकाको समन्वयमा वडा नम्बर -५ गोगनपानीमा लालिगुराँस बालसन्जालको आयोजनामा अन्तर प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामाा प्रथम , द्धितीय,तृतीय र सान्त्वना पुरस्कार वितरण  गरिएको छ ।   जसमा कृष्ण माध्यामिक विद्यालय सानाकाडा प्रथम, दुर्गादेवी आधारभूत विद्यालय सियालाभैरी द्धितीय,   र मार्वती माध्यामिक विद्यालय गोगनपानी तृतीय र सरस्वती प्रावि भैरीलाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो । 

प्रतिक्रिया