प्रदेश प्रमुख तिलक परियारद्धारा हरितालिका तिजको शुभकामना व्यक्त

प्रदेश प्रमुख तिलक परियारद्धारा हरितालिका तिजको शुभकामना व्यक्त

सुर्खेत–   कर्णाली प्रदेश प्रमुख तिलक परियारले हरितालिका तिजको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । हिन्दु धर्मावलम्बी महिलाहरुले विगत लामो समयदेखी धार्मिक आस्थाका रुपमा मनाउदै आएको हरितालिका तिज पर्वको उपलक्ष्यमा प्रदेश प्रमुख परियारले शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको बताउनुभयो ।

पितृसत्तात्मक समाजले लादेको असमानता र उत्पीडनको वर्षभरिको दुःख पिर मर्का र कुण्ठाहरु पोख्ने पर्वको रुपमा मनाइन्छ । माइती दाजुभाईले दिदिवहिनी तथा चेलीबेटीहरुलाई घरमा बोलायर दरका रुपमा फलफल दुधबाट बनेका परिकारहरु खुवाउने, नयाँ कपडा बनाईदिने प्रचलन रहेको छ।

प्रतिक्रिया