जाजरकोट भूकम्प : बिग्रदो स्वास्थ्य,जोखिममा दिर्घ रोगी र बालबालिका

भूकम्प प्रभावित भन्छन् : ‘सरकार हामीलाई बचाउ नत्र चिसोले मर्ने भयौँ’

जाजरकोट भूकम्प : बिग्रदो स्वास्थ्य,जोखिममा दिर्घ रोगी र बालबालिका
सुन्नुहोस्

सुर्खेत –   भूकम्पले चिरा–चिरा परेको घर । नत बस्न लायक छ नत पुरा भत्किएको नै छ ।  त्यही भत्केको आधा घरलाई पुर्पुरोमा हात थमाउदै टोलाउदै जाजरकोकटको बारेकोटकी (परिर्वर्तित नाम) डोल्माको मनमा भूकम्पको धक्का गइरहन्छ  । 

गएको कात्तिक  १७ को भूकम्पले बारेकोट गाउँपालिका (परिर्वतित) नाम डोल्माको घर भूकम्पले चिरा चिरा बनाएर भत्कायो । भूकम्पले घर मात्र भत्काएन डोल्माको जिन्दगीनै भत्काइदियो । देशमा रोजगारी नहँुदा लामो समय कालापहाड गएर टाउको र पैताला खियाएर बनाएको घर ढलेपछि अहिले उहाँलाई बाच्न मन छैन । वर्षाै मेहनत गरेर बनाएको घर ढलेर चिसो बारीको शितलहरमा बास हुँदा उहाँ  मानसिक पीडामा हुनुहुन्छ । भूकम्पले घर भत्कायो । घरभित्र नै सुरक्षित नहुने देशमा हामी बाहिर कसरी सुरक्षित हुने ? मलाई डर लागि रहन्छ,’उहाँले भन्नुभयो, ‘यहि कारणले मलाइ बाच्न मन थिएन आत्म हत्याको बाटो सही भने आत्महत्या गर्ने बाटोमा पुगेको थिए सोसेक नेपालले बचायो ।’ 

सोही ठाउँकै देउसरा (परिर्वतित नाम) पहिलेबाटै घरेलु हिंसा भोग्दै आउनुभएको थियो  । घरमा श्रीमानबाट बेला बेला हिंसामा पर्दै आएकी उहाँलाई भूकम्पले घर भत्काएपछि झनै पीडा थपेको बताउनुहुन्छ । भूकम्पले घर नभत्काउनु पहिले पनि घरमा विभिन्न कुराहरुले हेपिए चेएिकी थिएँ,’उहाँले भन्नुभयो, ‘अहिले भूकम्पले घर भत्काएपछि झन पीडा माथि पीडा थपियो ।’

‘लगाउँला खाउँला बसौला भनेर खाइनखाइ घर बनाइयो त्यही घर अहिलेको भूकम्पलाई भयो, अहिलेको यस्तो कठ्याग्रिदो चिसोमा त्रिपालमा बास छ । जाँड रक्सि खाएर आउने र बलात्कारको शिकार हुने डर डरमै रात बित्छ त्यसैले पनि बाच्ने आश हराएर आत्म हत्याको बिचार आउछ,’आँखाको डिलमा अड्केको आशुको थोपालाई भूइँमा खसाल्दै उहाँले भन्नुभयो ।’

डोल्मा र देउसरा मात्र होइन कात्तिक १७ को भूकम्पले जाजरकोट र रुकुमपश्चिमबासी पीडामा छन् । चिसोका कारण कष्टकर दैनिकी बिताउन बाध्य छन् । आफन्तको शोक, पेटको भोक चिसोले गर्दा दिन रात कटाउन मुस्किल हुने गरेको छ । आफन्तको शोक, पेटको भोक चिसोले गर्दा दिन रात कटाउन मुस्किल हुने गरेको छ । यस्तो अवस्थामा ठुलो मानसिक पीडामा छन् यहाँका नागरिक । सबै कुरा सकिएको महशुस गर्दै आत्महत्याको बाटोसम्म रोज्न मन लाग्ने बताउँछन् ।  यस्तो अवस्थामा काउन्सेलिङका लागि सोसेक नेपालले जाजरकोटमा ६ जना र रुकुम पश्चिममा ७ जना गरी १३ जना साइको सोसेल काउन्सेलर खटाएको सोसेक नेपालले जनाएको छ । 

भूकम्प प्रभावित क्षेत्रको अवस्था निकै जोखिम रहेको सोसेक नेपालद्धारा बारेकोटमा पुग्नुभएकी साइको सोसेल काउन्सेलर लक्ष्मी शाही बताउनुहुन्छ  ।  चिसोका कारण यहाँको अवस्था निकै जोखिमयुक्त रहेको छ,’उहाँले भन्नुभयो, ‘सबैजसो त्रासमा छन् । सबैजना मानसिक रुपमा तनाबमा हुनुुहुन्छ । काउन्सेलिङको काम भइरहेको छ । चिसो महिना त्यहीमाथि हिउँ पर्ने भएकाले यो महिना मात्र मुस्किलले बस्न सकिने अवस्था रहेको यहाँका नागरिक बताउनुहुन्छ ।’ 

यतिबेला भूकम्पबाट प्रभावित परिवार भोक, शोक र रोगले तड्पिरहेका छन् । घरसहित आफन्त गुमाएको पीडा, त्यही माथि मुटु छेड्ने चिसोका कारण अवस्था नाजुक रहेको पाइन्छ । आफन्तको बियोग र चिसो बारीको बासले महिला बालबालिका, दिर्घरोगी र गर्भवती, र सुत्केरी महिलाहरुका लागि निकै कष्टकर भइरहेको भूकम्प प्रभावित बताउँछन् । 

आफुहरुलाई भुकम्पको भन्दा पनि चिसोका कारण कसरी ज्यान जोगाउने भन्ने ठुलो चिन्ताको विषय भएको यहाँका भूकम्प प्रभावितहरुको भनाई छ । भुकम्प प्रभावित भन्छन्, ‘सरकार हामी शोक र भोकले भन्दा पनि चिसोले मर्ने भयौँ । मयमै गाँस बास र कपासको व्यवस्था गर ।’ 

यो विपद्को समय भएकाले यस्तो समयमा थप हिंसा, बलात्कार, बालबालिकाहरु बेचविखनमा र बालश्रममा पर्ने भएकाले सचेत हुनुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुहुन्छ । यस्तो समयमा सबै समस्यामा हुन्छन्,’उहाँ भन्नुहुन्छ, ‘कसैले सानो सहयोग गर्दा पनि लोभिने हुन्छ त्यस्को लागि जनचेतना फैलाउन आवश्यक छ ।’

‘थप हिंसा, बलात्कार बेचबिखन, बलात्कार नहुन दिन र रोकथामका लागि सिमानाकाहरुमा निगरानी बढाउनुका साथै जनचेतना फैलाउन आवश्यक छ,’ थापाले भन्नुभयो । 

यो विपदको समयमा कसैले आफन्त गुमाएर पीडामा छन् । कोही घर भत्किएर पीडामा छन् । यस्तो समयमा उहाँहरुलाई मानसिक तनाब क मगर्नका लागि काउन्सिलिङको  आवश्यक्ता भएको उहाँ बताउनुहुन्छ । थापाका अनुसार सोसेक नेपालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा गरी १३ जना काउन्सेलर पठाइएको छ । जाजरकोटमा ६ जना र रुकुमपश्चिममा ७ जना रहेको बताउनुभयो । 
यो विपदको समयमा मन आत्तिने, र कसैलाई जिन्दगीभर असर गर्न सक्ने, र आत्महत्याको लक्षणहरु देखा पर्न सक्ने प्रदेश अस्पताल सुर्खेतमा कार्यरत इमर्जेन्सी विशेषज्ञ डाक्टर सरोज गिरी बताउनुहुन्छ ।  

कात्तिक १७ को भूकम्पले कसैले आफन्त गुमाएका छन् । कसैले घरबार सहित आफन्त गुमाएकाहरुमा दिर्घकालिन रुपमा गहिरो असर पर्ने हुन सक्छ,’उहाँले भन्नुभयो, ‘त्यस्तो असर निराकरणको लागि पहिलो कुरा समयमै सबै क्षेत्रबाट गाँस  बास र कपासको व्यवस्था हुन आवश्यक छ । अर्को काउन्सेलिङको उत्तिकै आवश्यक छ ।’ 

दोस्रो चरणमा दिर्घकालिन असर गरेकाहरुलाई पहिचान गरेर थप काउन्सेलिङ र आवश्यक उपचार गर्नुपर्छ, उहाँले भन्नुभयो । 

चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ । 

 गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
 

प्रतिक्रिया