शिक्षक र सरकारबीच वार्ताको तयारी
काठमाडौँ – आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ ।
हिजोको वार्तामा दुई पक्षबीच बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले हिजोको बैठकमा सामान्य छलफल मात्रै भएकोले आज औपचारिक वार्ता सुरु हुने बताउनुभयो । सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने भण्डारीले बताउनुभयो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासङ्घको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
प्रतिक्रिया