बाख्रा चराउन गएकी रोकायाको भीरबाट लडेर मृत्यु

सुर्खेत – कालिकोट पचालझरना गाउँपालिकामा बाख्रा चराउन गएकी रतना रोकायाको भीरबाट लडेर मृत्यु भएको छ । उनी सोहि गाउँपालिका वडा नं. ४ राम्नाकोट निवासी हुन् ।
घर नजिकैको बनमा बाख्रा चराउन गएको बेला दिउँसो १२ बजे भीरबाट लडेर रोकायाको मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष अनरुप रोकायाले बताउनुभयो ।
‘उहाँ घर नजिकैको बनमा बाख्रा चराउन जानु भएको थियो करिब १२ बजे तिर २ सय मिटर तल खसेर उहाँको मृत्यु भइसकेको रहेछ,’ ‘वडा अध्यक्ष रोकायाले भन्नुभयो,’ ‘घर परिवार र गाँउमा साँझ तिर तिर मात्र थाहा भयो ।
वडा अध्यक्ष रोकायाका अनुसार मृतक रोकायाको आज शुक्रवार दाहसंस्कार गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया