आपतकालिन गृहमा आश्रित महिलाद्वारा आत्महत्या

आपतकालिन गृहमा आश्रित महिलाद्वारा आत्महत्या

कालिकोटको जिल्ला सदरमुकाममा खाँडाचक्र नगरपालिका–१ मान्मबजारमा रहेको एक आपतकालिन संरक्षण गृहमा आश्रयमा बसेकी महिलाले आइतबार आत्महत्या गरेकी छन् । सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाहीले आत्महत्या गरेकी कालिकोटका प्रहरी इञ्चार्ज अर्जुन केसीले जानकारी दिनुभयो । 

सोसेक नेपालले सञ्चालन गरेको आपतकालिन संरक्षण गृहमा भदौ २४ गतेदेखि बसेकी ती महिला सदरमुकाम मान्ममै बस्तै आएका श्रीमानसंग पारिवारिक विवादका कारण आश्रयमा लिइबसेकी आइतबार विहान सोधेर शौचालय गएकी तर उत्तिनै खेर सलले पासो लगाई मरिसकेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको सोसेक नेपालले बताएको छ ।   

दैखेलको भगवतीमाई गाउँपालिका–५ कट्टी घर भई हाल कालिकोटको मान्मबजारमा व्यापार गर्दै आएका दानबहादुर शाहीकी कान्छी श्रीमतिको रुपमा ५ वर्षदेखिसंगै बस्दै आएकामा सधैंजसो विवाद हुने भइरहने गरेको विषयमा प्रहरी र न्यायिक समितिमा पटकपटक छलफलमा सामाजिक अगुवाहरुले मिलेर बस्न लगाएका थिए । 

भदौ २२ गते राति आफू बसेको घरमा तोडफोड गर्नुसंगै मोवाइल फुटाएर, कपाल रौंहरु समेत भुईमा यत्रत्यत्र फालेर कसैले थाहा नपाउने गरी राति नै ६ वर्षको छोरा टेन्द्रलाई समेत लिई भागेर बेपत्ता भएको विषयलाई दानबहादुरले उनीहरु आमा छोराकै हत्या गरेको हुनसक्ने आरोपमा माइती पक्षले दानबहादुरलाई कुटपिट र घरमा तोडफोड गरेका थिए । 

आफन्तहरुले २ गीतालाई बेपत्ता भएको तीन दिनपछि भदौ २४ गते नेपालगञ्जमा फेला पारी मनोपर्शका लागि सोसेक नेपालको आपतकालिन संरक्षण गृहमा आश्रयमा राखिएको थियो । गीता जिवितै फर्र्किएपछि माइतीपक्षले आफू माथि गरेको आक्रमण र पु¥याएको क्षति विषयलाई गीताका श्रीमान दानबहादुरले माइती पक्ष १३ जना बिरुद्ध अभद्र व्यवहार मुद्दा लगाएपछि दुई सातादेखि ३ जना नमराज सुवेदी, गंगाराम जैसी, अमृता न्यौपाने प्रहरी हिरासतमा छन् । 

१५ वर्षदेखि कालिकोट सदरमुकाममा मोवाइल मर्मत तथा इलोक्ट्रोनिक पसल गर्दै आएका दानबहादुरकी रञ्जना शाहीबाट दुई वटा छोरा छन् । कान्छी श्रीमति गीताबाट जन्मेको टेकेन्द्र पनि जेठी श्रीमतिबाट जन्मेको देखाई जन्मदर्ता गराएको बताइएको छ । विवाह भएको सुरुदेखि हिंसामा परेको भन्दै डेढ महिना अघि गीताले अंश सहित सम्वन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराए पछि विवाद उत्कर्षमा पुगेको थियो । 

अदालतमा मुद्दा दर्तापछि गिता जैसीलाई उनको बुवा ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते भीरबाट खसेर मृत्यूभएको विषयलाई आफूले मान्छे लगाएर हत्या गरेको भनेर म्यासेज लेखेको विषयलाई गीताका माइतीले कर्तव्यज्यान मुद्दा दिएपछि २५ दिन हिसासत बसी अदालतबाट धरौटी तारेखमा दानबहादुर छुटेको तेश्रो दिन यो गीताले आत्महत्या गरेकी हुन् । 

प्रतिक्रिया