वडास्तरमा संगठन विस्तारमा नेपाल महिला संघ

वडास्तरमा संगठन विस्तारमा नेपाल महिला संघ

सिमकोट – नेपाल महिला संघ हुम्ला शाखा यतिबेला वडास्तरमा संगठन विस्तारमा लागेको छ। संघले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडामा संगठन गठन गरेसँगै संगठन विस्तारमा लागेको हो।

नेपाल महिला संघ हुम्लाकी अध्यक्ष सुशिला शाहले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडा महिला संघको तदर्थ समिति गठन गरिएको बताउनुभयो ।

यसरी सर्केगार्डमा महिला संघको संगठन निर्माण गरिएका वडामा ५ नम्बरको गोठीमा उमालक्ष्मी शाहीको संयोजकत्वमा, ७ को रोडिकोटमा देउरुपा जैशीको संयोजकत्वमा र ८ को राहदेवमा बदमकला ऐडीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला अध्यक्ष शाह आफैँ तदर्थ समिति गठनका लागि वडा स्तरमा खटिएकी छन्। यसरी महिला संघलाई जिल्लाभरका सबै वडामा विस्तार गरिने भन्दै उहाँले नयाँ गठन भएका तदर्थ समितिले वडा अधिवेशन गर्नेछन् ।

सबै वडामा महिला संघ गठन भएपछि जिल्ला अधिवेशनसमेत गरिनेछ। महिला संघले पहिलो पटक वडास्तरमा आफ्नो संगठन निर्माण गर्न लागेको हो।

प्रतिक्रिया