बाजाको संरक्षण गर्न पन्चेबाजा सहयोग

बाजाको संरक्षण गर्न पन्चेबाजा सहयोग

सिमकोट – बाजाको संरक्षण गर्न पन्चेबाजा सहयोग गरिएको छ। असोज १२ गते मनाइने अनन्ते पूर्णिमाका लागि पन्चेबाजा सहयोग गरिएको हो।

खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजंग शाहीले दमाईं समुदायलाई पन्चेबाजा सहयोग गरिएको बताउनुभयो । अनन्ते पूर्णिमा असोज ११ र १२ गते हुम्ला जिल्लामा मनाइन्छ।

परम्परागत बाजा बजाइरहेका बेला पूर्णिमामा राम्रो बाजा बजोस् भन्दै बाजा सहयोग गरिएको वडाध्यक्ष शाहीले बताउनुभयो । यसअघि दमाईहरूले पुराना र परम्परागत बाजा बजाउने गर्दै आएका थिए ।

प्रतिक्रिया