हिमालपारीको गाउँ जाङ गाउँ बसाइँसराइका कारण रित्तिदै
सिमकोट – नाम्खा गाउँपालिका – ६ को -देश सञ्चार रित्तिन थालेको छ। स्थानीयहरु सुविधाको खोजीमा बसाइँसराइ गरेर जान थालेपछि गाउँ रित्तिँदै गएको हो।
जाङ गाउँका स्थानीय फुर्वा तामाङले गाउँ रित्तिने अवस्थामा पुगेको बताउनुभयो । कुल ६४ घरधुरी भएको जाङ गाउँमा अहिले तीन घरधुरी मात्रै छन्। अघिल्लो वर्षसम्म उक्त गाउँमा १७ घरधुरको बसोबास थियो।
गाउँमा सामान्य सुविधासमेत नहुँदा स्थानीयहरु बसाइँ सरेर सुविधा भएका ठाउँतर्फ गएको तामाङले बताउनुभयो । गाउँमा कुनै मानिस बिरामी हुँदा काठमाडौँबाट हेलिकोप्टर रिजर्भ गर्नुपर्ने, जसका लागि १० लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेका कारण पनि मानिसहरुले गाउँ छाडेको उहाँको भनाइ छ।
यातायात, विद्युतलगायतका सुविधा नहुँदा लिमीबासीले सास्ती भोग्दै आएका छन्। गाउँ छाड्नु आफूहरुको रहर नभइ बाध्यता भएको स्थानीयले बताउने गरेका छन्।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जाङबासीले गाउँ छोड्ने क्रम वर्षेनी बढिरहेको अवस्थामा यसवर्षबाट धेरैले गाउँ छोड्न लागेको बतानुभयो । गाउँमा बस्ने तीन घरधुरी पनि कमजोर आर्थिक अवस्था भएको कारण बस्न लागेको भन्दै उनले गाउँलेलाई गाउँमै रोक्ने उपायको खोजी गर्न आवश्यक रहेको बताउनुभयो ।
केही समयअगाडि जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएकोका कारण बन्द गरिएको थियो। हाल लिमीमा तीन वर्षमुनिका तीन जना मात्र बालबालिका रहेका छन्।-देश सञ्चार
प्रतिक्रिया