सिमकोटमा बोलेर जीप दुर्घटना वडा अध्यक्षसहित ९ जना घाइते

सिमकोटमा बोलेर जीप दुर्घटना वडा अध्यक्षसहित ९ जना घाइते

हुम्ला–   हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना भएको छ। आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका- २ ठेहे जाँदै गरेको गाडी दुर्घटना भएको हो।

बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा परी घाइतेको उद्दार गरी अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहराले बताउनुभयो ।

घाइते हुनेमा सिमकोट गाउँपालिका-२ का वडाध्यक्ष देवजङ बोहरा, सोही पालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष्य पामा लामा, सिमकोट गाँउालिका सुसा कर्मचारी ध्रुवबहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बासबहादुर भण्डारी, मिमि सिंह नेपाली, सन्देश भण्डारी गाडी चालकसहित नौ जना शक्त घाइते भएका हुन्।

जिल्ला अस्पतालमा उपाचार हुन नसक्ने घाइतेहरुको थप उपचारका लागि जिल्ला बाहिर लैजानका लागि हेलिकप्टरको तयारी भइरहेको प्रहरी नायव उपरिक्ष भीमलाल भटराईले बताउनुभयो ।

प्रतिक्रिया