विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने

विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने

काठमाडौँ –   नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् ।

त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले बताउनुभयो । 

त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताउनुभयो  ।

प्रतिक्रिया