कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ
![कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ](https://snowberry.prixacdn.net/media/gallery_folder/kedar%2520karki_nD9z8kgdbV_nkiebyxv3jn0u9yt1oqampumq9sdl35jgsqgjjhtglhcydex5vftxnhi2v4o_VC1xIehMRm_6brkrbijn9xahfayow705knxupdwz03u2itoggxodviwleyismu8m50klquy.jpg)
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार सनाखतका लागि तोकेको समयमा कार्कीको पक्षमा बहुमत सङ्ख्या ४७ सांसदले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया