माटो परीक्षण गर्दै हेलम्बु

माटो परीक्षण गर्दै हेलम्बु

सिन्धुपाल्चोक –   हेलम्बु गाउँपालिकाले माटोको उर्वराशक्ति जोगाउने भएको छ । सबै वडाममा पुगेर माटोको नमुना लिई माटो परीक्षण गर्ने र सोहीअनुसार मलजलको व्यवस्थाका लागि परामर्श तथा उपचार गरिने गाउँपालिकका वरिष्ठ शाखा अधिकृत राजुभाइ श्रेष्ठले बताउनुभयो । 

माटो परीक्षणका लागि गाउँपालिकाले यही कातिक १९ गतेदेखि २२ गतेसम्म शिविरको आयोजना गरेको छ ।  वडा कार्यालय, तिम्बु  र किउलमा १९ गते शिविर माटो परीक्षण शिविर राखिएको छ । 

त्यस्तै, वडा कार्यालय, पाल्चोक र ग्याल्थुममा कातिक २० गते,  वडा कार्यालय, छाँजोगाङमा कातिक २१ गते र वडा कार्यालय, इचोक र मँहाकालमा कातिक २२ गते शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया