दैलेखको गुराँसमा निशुल्क आँखा शिविर सम्पन्न

शिविरमा ७८५ जनाले लिए सेवा

दैलेखको गुराँसमा निशुल्क आँखा शिविर सम्पन्न

काठमाडौँ -  दैलेखको गुराँस गाउँपालिकामा नि:शुल्क मोतिबिन्तु सल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  । गुराँस गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको साझेदारीमा निशुल्क मोतिबिन्तु सल्यक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

उक्त शिविरमा गुराँस गाउँपालिका सबै वडाका नागरिकहरुका लागि निशुल्क रुपमा  शिविर  संचालन गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताउनुभयो  । उहाँका अनुसार शिविरमा ७८५ जनाले सेवा लिएका छन् । 

 शिविरमा ११० जनाले चस्मा र ८४ जनाले आँखाको अप्रेशन सेवा समेत  निशुल्क पाएका छन्  । वषौँ देखिको आँखा खोल्ने सपना पूरा भएको भन्दै धन्यवाद सँगै खुशी व्यक्त गरेका छन् ।

गुराँस गाउँपालिका नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल (एसटिसि) परियोजनाको संयुक्त साझेदारीमा निशुल्क शिविर गरिएको गाउँपालिकाले जनाएको छ  । 

प्रतिक्रिया