भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको  मृत्यु

सुर्खेत –  जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताउनुभयो ।

‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

डीएसपी रोकाका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको बताउनुभयो  ।

प्रतिक्रिया