जाजरकोट भूकम्प अपडेट : भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

जाजरकोट भूकम्प अपडेट : भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

काठमाडौँ –  जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।

भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताउनुभयो  । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताउनुभयो  ।  घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

प्रतिक्रिया