भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट रु एक/एक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट रु १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।
नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु ५० हजार सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले बताउनुभयो ।

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

पेट्रोलियम अन्वेषणले जगाएको आशा

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त फागुन २३ गते हुने,प्रधानमन्त्री आउने

प्रतिक्रिया